जसपा युवा नेता शिव कुमार साहले नेरामाबी महुवनलाई २५ हजारको चेक हस्तान्तरण

जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहले नेपाल राष्ट्रिय माध्यमिक बिधालय सखुवा प्रसौनी गाउँपालिका ५ नं. वडा महुवनलाई एक कार्यक्रमका बीच २५ हजार ५ को चेक प्रधानाध्यापक भरत गिरिलाई हस्तान्तरण गरेका छ्न ।

श्री देबिमाई आधारभूत बिधालय लखनपुरमा भएको कक्षा ११ भर्ना तथा अन्तरक्रियामा कक्षा ११ र १२ संचालनार्थ सहयोग गरिएको नेता साहले बताए । आफू समाजिक सेवा एवं शिक्षा बिकासका निमित विभिन्न कामहरु गरेको जस्तै कोरोना कालमा राहत वितरण, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, बिधुत पोल जडान, बाटो मर्मत लगायतको समाजिक सेवामा आर्थिक सहयोग गरेको र भबिस्यमा पनि गरिरहने प्रतिबद्ध जनाएका छ्न ।

कक्षा ११ र १२ संचालन बिधालयको स्रोत, पालिका एवं नजिकका वडाको सहयोगमा संचालन भइ रहदा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरले वडाको बजेटबाट १ लाख ११ हजार सहयोग गर्ने प्र.अ. गिरिले बताए ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महुवन असपतालका इन्चार्ज सरोज गिरि, नेपाल रेडक्रस सोसाइटी उप-शाखा महुवनका सभापति जदु साह तेलि, प्रधानाध्यापक भरत गिरि, शिक्षक दिनेश साह, चन्दन साह तेलि लगायत अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन शिक्षक सोनालाल यादव एवं स्वागत मन्तव्य रामबहादुर यादवले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close