राष्ट्रिय बाल दिवस को उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क औषधी बितरण।

वीरगंज, पर्सा

राष्ट्रिय बाल दिवस को उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क औषधी बितरण कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज वार्ड नं १० आदर्शनगर पर्सा को आयोजनामा तथा सामुदायिक आँखा हस्पिटल बिरगंज ,रुँगटा वेल फेयर सोसाइटी बिरगंज र प्रभु हस्पिटल बिरगंजको सहयोगमा र रामघडवा एकता युवा क्लव रामघडवाको समन्वयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वार्ड नं २४ रामगढवा स्थित काशी विश्वनाथ कलोनीमा राष्टिय बाल दिवसको उपलक्षयमा स्व.दिपु खेतानको सम्झनामा निशुल्क स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि भारतका महावाणिज्य दुतावासका कार्यालय प्रमुख नितेश कुमार को प्रमुख अतिथि
तथा अतिथि सशस्त्र प्रहरी बल वीरगंज पर्साका स.प्र.उ. तेज प्रसाद पोखरेल ,जिल्ला प्रहरी कार्यालय पर्साका प्र.ना.उ.दिपक गिरी , बोडर आउट पोष्ट सिरसियाका स.प्र.नि.तिर्थराज न्यौपाने,वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्र.नि.डिल्लीराज सापकोटा , रूगटा वेल फेयर सोसाइटी बिरगंजका अध्यक्ष सुरेश रुंगटा ,व्यवस्थित बिरगंजका सणयोजक दिलिप राज कार्की ,प्रभु हस्पिटलका बाल रोग बिशेषज्ञ डा. असलम अंसारी, वीरगंज सामुदायिक आँखा हस्पिटल वीरगंज पर्साका अफटम प्रभात चौरसिया, समाजिक अभियानकर्ता प्रकास थारू, संचारकमी श्याम सरार्फ, शिवशक्ति स.को.स.का अध्यक्ष राजिव सरार्फ,रामघडवा एकता युवा क्लवका अध्यक्ष रोशन प्र.कुर्मी,कोषाध्यक्ष शिवराज पटेल,उपाध्यक्ष शिव कु.साह, सचिव कृष्ण बैठा र सम्पुर्ण रामघडवा एकता युवा क्लवका सदस्यहरुको उपस्थितिमा तथा गिरिन सिटि समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षतामा १०५ वर्षकी जेष्ट नागरीक ईनरपति देवी सहित स्थानिययहरुलाई निशुल्क स्वास्थ्य घुम्ति शिविरमा महिला= १२० जना पुरुष=१८० जना जम्मा= ३०० जना स्थानियहरुले निशुल्क औषधी तथा स्वास्थ्य जाँच गरि उक्त कार्यक्रम सम्पन्न भएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close