वीरगंज महानगरपालिका वार्ड नं २५ मा निशुल्क आँखा शिविर सम्पन्न।

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वार्ड नं २५ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज वार्ड नं १० आदर्शनगर,वीरगंज सामुदायिक आँखा हस्पिटल बिरगंज ,रुँगटा वेल फेयर सोसाइटी वीरगंज र प्रभु हस्पिटल वीरगंजको सयुक्त आयोजनामा वीरगंज महानगरपालिका वार्ड नं २५ स्थित अलौ चौकमा स्व.सुशील खेतान(टेपु खेतान)को सम्झनामा ३२५ जनाको निशुल्क आँखा स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्र.नि.डिल्लीराज सापकोटा उपस्थितिमा र ग्रिनसिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षतामा र अतिथिमा स.प्र.नि.सुमन थापा- बोडर आउट पोष्ट डा्ईपोट पर्सा, वीरगंज महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्रा, रूगटा वेल फेयर सोसाइटी वीरगंज पर्सा का अध्यक्ष सुरेश रुंगटा, वीरगंज सामुदायिक आँखा हस्पिटल संयोजक महेश धामी,व्यवस्थित वीरगंजका संयोजक दिलिप राज कार्की, लगायत संचारकर्मीको उपस्थिती रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close