बिरगंजका युवाहरुद्वारा संचालित बिरगंज हेल्प डेस्क र रासन बैंक लगातार १७ औ दिन पनि सफलता पुर्बक सुचारु ।

अजित भुजेल

बिरगंज , जेष्ठ २४ गते सोमबार ।

बिरगंजमा कोभिड-१९ कोरोना भाईरसको त्रास दिनादिन बढदै गैइरहेको बेलामा स्थानीय सरकारले गर्नु पर्ने काम बिरगंजका युवाहरु सक्रिय भैइ अलखिया मन्दिर नजिक महावीर धर्मशाला अगाडी बिरगंज हेल्प डेस्क एवम रासन बैकको स्थापना गरि दिन दुखी असहाय , दैनिक ज्याला मजदुरी गर्ने एवम न्यून आर्थिक अवस्थाका परिवार लगायत सम्पुर्ण बिरगंजबासीलाई सेवा गर्दै आएको छ ।

दोस्रो चरणको कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि लम्बिदै गएपछिको अवस्थालाई मध्यनजर गर्दै जेष्ठ ८ गते युवाहरुले बैकमार्फत कोभिड- १९ का कारण सृजित समस्याहरुको समाधान गर्ने र निषेधाज्ञाबाट प्रभावितहरुलाई खाद्यान्न राहत , निशुल्क अक्सिजन , निशुल्क औषधि ,निशुल्क एमबुलेन्स सेवा दिने अभिप्रायले हेल्प डेस्कको सञ्चालन गरेको सामाजिक कार्यमा सक्रिय युवा एवम् बैंकका संयोजक किशन सर्राफले सेवा प्रवाह गरेको र कोरोना कहरका कारण लगाइएको लकडाउनमा आउन सक्ने समस्याहरुको समाधानका लागि सञ्चालन गरेको बैंक मध्यान्ह ११ बजेदेखि अपरान्ह ६ बजेसम्म मात्रै सञ्चालन हुने भएपनि मोवाइल नम्बरमा सम्पर्क गरेर २४ सै घण्टा हामीले सेवालाई निरन्तरता दिइरहेको बताए ।

त्यसैगरि सहयोगका लागि युवाहरुले सार्वजनिक गरेको मोवाइल नम्बर ९८५५०८८२७२ र ९८०४२६४००१ मा २४ घण्टा फोन गर्न समेत आग्रह गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

ट्रेन्डिङ

Close
Back to top button
Close