बिरगंजको छुट्टाछुट्टै दुई ठाउमा भएको आकस्मिक रक्तदान कार्यक्रममा १२ महिला सहित १३३ जनाले रक्तदान गरे ।

अजित भुजेल

बिरगंज , जेष्ठ २९ गते सनिवार ।

बिरगंजको छुट्टाछुट्टै दुई ठाउमा भएको आकस्मिक रक्तदान कार्यक्रममा १२ महिला सहित १३३ जनाले रक्तदान गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल पर्साको आयोजनामा आवाज एफएम परिसरमा भएको आकस्मिक रक्तदान कार्यक्रममा १ महिला सहित ८१ जनाले रक्तदान गरेका थिए भने बिरगंज युवा समाजको आयोजनामा रक्त सन्चार केन्द्र छपकैया परिसरमा भएको आकस्मिक रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जनाले आफ्नो अमुल्य रगत दान गरेका थिए ।

बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर बिजय कुमार सरावगि , बिशिस्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारी , नेपाल चिकित्सक संघका केन्द्रिय सहसचिव डा. निरज सिंह , डा. सुनिल यादव , डा. दिप्ती यादव , डा. प्रिति यादव , सामाजिक अभियन्ता ओमप्रकाश सरार्फ , लालबाबु सिंह , सन्चारकर्मी अर्जुन गुप्ताको सहभागितामा रक्तदान गर्नु हुनेमा डा. निरज सिंह , डा. सुनिल यादव , हेमन्त तामाङ , सन्जिव थापा, अर्जुन गुप्ता , सुरजमान श्रेष्ठ , दिवश सिंह ठकुरी , सरोज गुरुङ , करण सिंह , प्रिती सिंह राजपुत , अमरनाथ साह , रुबि साह , कोमल साह , प्रिया साह , अशोक चौधरी कलवार , ममता जैसवाल , बिचित सोनि , विवेका गजुतेल लगायतकाले रक्तदान गरेका थिए भने आवाज एफएम परिसरमा भएको रक्तदान कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महमद निजामुदिनले गर्नु भएको थियो भने संविधान सभा सदस्य एवं नेकपा एमालेका नेता राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा अनुस्का शर्मा , राकेश कुमार साह , आनन्द पटेल , देव कुमार सरार्फ,राम प्रकाश सरार्फ , राजकुमार साह , दिनेश मिश्रा , कुर्वान शेख , बिराज यादव , नरेश यादव लगायतकाले रक्तदान गरेका थिए ।

सो कार्यक्रममा पत्रकार महासघ प्रदेश न.२ का महासचिव श्याम बन्जरा , नेकपा एमालेका युवा नेता तेज प्रकाश निषाद, सुन्दर कुर्मी ,सन्जिव मिश्रा , अकलेश साह लगायतकाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close