इलाका प्रहरी कार्यालय प्रसौनी बारा द्वारा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गर्ने अभियान निरन्तर जारी।

पवन प्रसाद साह
बारा /५ साउन
इलाका प्रहरी कार्यालय प्रसौनी बारा द्वारा अबैध घरेलु मदिरा तथा भटी नष्ट गर्ने अभियान निरन्तर जारी राखेको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बारा प्र.नि विन्देश्वर यादव को निर्देशनमा फेटा गा.पा.वडा न.१ स्थित त्रिवेणी खोला र सामुदायिक वानको छेउछाउमा, लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने प्राप्त सूचनाको अधारमा आज मिति २०७८/०४/०५ गते दिउसो अं.१०;३० बजेको समयमा यस कार्यालयबाट प्रहरी सहितको टोली खटी अवैध घरेलु मदिरा उत्पादन गर्ने १ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ अ.१२००।- लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका सामानहरू समेत नष्ट गरिएको ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close