बिरगंजको सडक फराकिलो गराउनमा कुनै कसर बांकी नराख्ने:एमालेका युवा नेता अकलेस साह

बिरगंजको सडक फराकिलो गराउनमा कुनै कसर बांकी नराख्ने कुरा एमालेका युवा नेता अकलेस साह बताउनु हुन्छ ओबिसि पर्साका अध्यक्ष समेत रहनु भएका साहले आवाज एफएम ८८ मेगार्हजको कार्यक्रम समय सन्दर्भमा कुरा कानी गर्दैे यस्तो कुरा बताउनु भएको हो ।

वहाले बिरगंजको बिकाशको लागी आफु हर सम्भव लागीपरेको र यस कार्यमा बिरगंज बासीहरुलाई पनि साथ दिन आग्रह गर्नुभयो । फरक प्रसंगमा कुराकानी गर्दै वहाले निवर्तमान प्रभानमन्त्री केपी आलीको देश बिकाशको लहरलाई देखेर बिपक्षी दल लगायत पाटीका केही नेताहरु मिली सरकार ढालेको र पार्टीलाई कमजोर बनाउनेमा लागेको र आफुहरु कुनै पनी हालतमा सफल हुन नदिने बताउनुभयो।

उहाले खासगरी पर्सा जिल्लामा मधेशी दल पुर्ण बहुमत ल्याएपनि जनताको लागी केही गर्न नसकेको र नेकपा एमाले अब सकृय भएर अगाडी बढने ठोकुवा गर्नुभयो । उहाले पाटीका सबै नेता, कार्यकर्ता लगायतलाई पार्टीमा एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा कुरा गर्दै उहाले बिरगंज माहानगरपालीका वडा नं २३ प्रसौनीमा स्कुलको भवनको लागी आफनो पहलमा पटक पटक गरी कुल ६० लाखको लागतमा दुईतले भवन अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाले आफु सधै जनताको हक, हितको लागी राजनीतिमा लागेको र जीवनभरी जन्ताको सेवा गर्न पछी नहटने प्रतीबद्धता जनाउनुभयो ।

अन्त्यमा वहाले पार्टीले दिेने हरेक जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गरेर देखाउने दृढता ब्यक्त गर्नुहुँदै बीरगंजको मुख्य सडक फराकिलो बनाउनको लागि अव फेरि जस्तोसुकै आन्दोलन गर्नपनि तयार हुने नयां पुस्ताको लागि आधुनिक र बिकासे शहर बीरगंजको अवधारणालाई पुरा गर्नको लागि कुनै कसर बांकी नराख्ने गरि सबैको सहयोग लिएर अघि बढ्ने दृढता समेत ब्यक्त गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close