भ्रष्टाचारमुक्त देशका लागि सुशासन अभियान नै अन्तिम विकल्प हो : वक्ताहरु

बिरगंज , असोज २३ गते शनिबार ।

नेपाल सुशासन अभियानले नै देशमा शान्ति सुरक्षा र सद्भभाव कायम गर्ने अभियानका अभियानताहरुले दावी गरेका छन् ।

नेपाल सुशासन अभियान पर्साले विन्दवासिनी गाउँपालिका वडा नम्बर १ गर्दाैलस्थित श्री ज्ञान सागर दलित प्राथमिक विद्यालयमा आयोजना गरेको छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले अभियानले नै नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने धारणा राखेका छन् ।

अभियानका केन्द्रिय सदस्य राजकुमार गुप्ताले अब भ्रष्टाचार, अनियमितता र घुसखोरीहरुको समय सकिएको बताए । गुप्ताले विगतमा जस्तो सोझा नागरिक पनि शिक्षित भएको हुँदा अब चुनावताका मुख देखाउने र निर्वाचनपछि फर्केर नहेर्नेहरुलाई जनताले पनि विश्वास नगर्ने बताए ।

कार्यक्रममा सुशासन अभियानका सदस्य मधुसुदन चौरसियाले भ्रष्टाचारमुक्त एवम् विभेदरहित समाज निर्माणका लागि नेपाल सुशासन अभियानको विकल्प नभएको जिकिर गरे । ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलाई मुल एजेण्डा बनाएर देशमा सुशासन कायम गर्नु नै अबको प्रमुख लक्ष्य रहेको युवा नेता चौरसियाको भनाई छ ।

राष्ट्रका मेरुदण्ड भनिएका युवाहरुको एकतामा असम्भव केही पनि नहुने बताउँदै चौरसियाले अभियानका केन्द्रीय संयोजक एवम् पूर्व आईजिपी रमेश खरेलको छबीका कारण पनि अभियानमा आकर्षण बढेको बताए ।

स्थानीय समाजसेवी किशोरी मुखिया बिनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरियाका समाजसेवी शंकर यादव, पिंकु चौरसिया, मुकेश साह, बिकाउ बिन, त्रिलोकी यादव, सुदामा मुखिया बिन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण अभियानसँग आवद्ध सञ्ज्य रामले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close