लागु औषध न्यूनीकरण सम्बन्धि सामाजिक जवाफदेहिता संवाद दुई दिने तालिम कार्यक्रमको आज पहिलो दिन ।

बिरगंज , मंसिर ०७ गते मंगलवार ।

लागु औंषध न्यूनीकरण सम्बन्धि सामाजिक जवाहदेहिता संवाद कार्यक्रमको आज पहिलो दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बिरगंजको होटेल रानिपोखरीमा ईन्टरनेशन अलर्टको आयोजनामा युके एडको आर्थिक सहयोगमा र नेपाल प्रहरीको समन्वयमा खुल्ला सिमानाका कारण हुने अबैध लागु औषध ओसारपसार तथा सेवनलाई कसरि न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला सङ्ग छलफल गरिएको थियो ।लागु औषधलाई नियन्त्रण र रोकथाम कसरी गर्न सकिन्छ र यसको जिम्मेवार को हो भन्ने बिषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया र छलफल भएको थियो ।आज देखि दुई दिनसम्म चल्ने सो कार्यक्रममा बिरगंज महानगर पालिकाका उपमेयर शान्ति कार्कि , बिरगंज महानगर पालिका वडा न.२ ,३ र ४ का वडा अध्यक्ष खलिल अन्सारी , बैजु स्वर्णकार र जगत साह कानु , सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराई , प्रहरी हवल्दार बिजय पटेल , प्रहरी जवान राजकुमार लामा , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक उतम बर्तौला , वडा प्रहरि कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक , महिला सेलका प्रहरी सहायक निरीक्षक , बिरगंज महानगर पालिकाका स्वास्थ्य शाखाका रितेष जैसवाल , बिजय पौडेल , सेवाग्राहि , समुदाय , विभिन्न संघ सस्था , विभिन्न बिधालयका शिक्षक शिक्षिका लगायतकाको सहभागीता रहेको थियो ।

सो लागु औंषध न्यूनीकरण सम्बन्धि दुई दिने प्रशिक्षण प्रदेश न.२ अन्तर्गत नेपाल प्रहरिका प्रहरी नायब निरीक्षक अताउल रहमान , प्रहरी नायब निरीक्षक सफि उल्लाह आलम , प्रहरी सहायक निरीक्षक रन्जन कुमार गुप्ता , सुर्य बहादुर श्रेष्ठ , आदेश खतिवडाले दिनु भएको ईन्टरनेशनल अलर्टका सहजकर्ता बिनिता बरालले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close