
पर्सा स्थित नेपाली युवा उधमी मन्चको कार्यकारी समिती को चयन भएको छ । समितिको अध्यक्षमा राकेश साह लाई चयन गरिएको छ।
हाल सम्पन्न दोस्रो बार्षिक साधारण सभाबाट राकेश साहको नेतृत्वमा नया समितिको चयन भएको छ। प्रथम उपाध्यक्षमा सन्दिप अग्रवाल , द्वितीय उपाध्यक्षमा पन्कज अग्रवाल चयन भएका छन।
त्यस्तै सदस्यहरु मा विकास ठाकुर,अक्छ्त साह , मनिष सुनुवार ,विश्वास प्रताप साह, काजल सिह सुरज श्रेष्ठ र दिपाल खन्ना चयन भएका छ्न।
नेपाली युवा उधमी मन्चका निवर्तमान अध्यक्ष अनुप अग्रवालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष गणेश लाठको प्रमुख आतिथ्यमामा भएको साधारण सभामा अतिथीहरुमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ता, संघका पुर्व अध्यक्षहरु अशोक बैध्य,प्रदिप केडिया, गोपाल केडिया, संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, वीरगन्ज महानगरपालिकाका निवर्तमान मेयर विजय सरावगी, उधोगी अशोक टेमानी, आर्थिक पत्रकार संघका अध्यक्ष ओमप्रकाश खनाल, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत , यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख सुशील साह, लगायतको सहभागिता रहेको थियो।