मन्त्री शर्माको संसदीय विकास कोषबाट ३० लाखको लागतमा ठा.रा.ब क्याम्पसका शौचालयहरुको मर्मत सम्भार

वीरगञ्ज, पर्सा

वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा जीर्ण भएका शौचालयहरुको मर्मत सम्भार गरिएको छ ।

मधेस प्रदेश का खानेपानी तथा उर्जामन्त्री मन्त्री ओमप्रकाश शर्मा को संसदीय विकास कोषबाट ३० लाख को लागतमा ठाकुर राम बहुमुखी क्याम्पसका शौचालयहरुको मर्मत सम्भार गरिएको हो।

ठाकुर राम बहुमुखी क्याम्पस शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश साह कानुका अनुसार , क्याम्पसको दुवै मुख्य भवन , क्याम्पस प्रमुखको कार्यकक्ष र शिक्षा संकाय भवनमा रहेका गरि ११ स्थानका शाौचालयहरुको मर्मत सम्भार गरिएको हो । उनले शौचालय मर्मतको काम अन्तिम चरणमा पुगि सकेको जानकारी पनि दिए ।

क्याम्प प्रमुख उमेश चौरसीयाका अनुसार , विधार्थी , कर्मचारी र प्राध्यापकहरुले प्रयोग गर्दै आएका शौचालयहरु जीर्ण भइ प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेका थिए । यस बारे जानकारी गराएपछि मन्त्री शर्माको विकास कोषबाट उपलब्ध रकमबाट सबै शौचालयहरुको मर्मत सम्भार गरिएको उनले बताए ।

चौरसीयाका अनुसार , जीर्ण अवस्थामा पुगेका शौचालयहरु म्र्मत सम्भार गरि सबैमा टायल लगाइएको ,बिग्रेका ढोकाहरु फेरिएको , सेनेटेरी पाइपहरु नयाँ लगाउनुका साथै शौचालयका भित्ताहरु प्लाष्टर पनि गरिएकोे छ ।

मन्त्री शर्माको सहयोगले शौचालयहरु मर्मत सम्भार गरिएपछि क्याम्पसमा विधार्थी , प्राध्यापक र कर्मचारीलाइ अब निक्कै सहज भएको क्याम्पसका कर्मचारी मनोहर साहले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close