बि.पि उधानको जग्गामा लगाइदै बजारको कर सम्बन्धि भाडा पार्दर्शिता गर्न माग-नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता

वीरगञ्ज को घण्टाघर स्थित बि॰पि॰ उधानको जग्गामा ढलान गरी टेम्पो स्टेशन तथा फुटफाट कपडा पसलहरु, फलफुल तरकारीको ठेक्का सम्झौता गरी भाडामा दिइ कार्य गरिरहेको थाहा पाए पछि नेपाली कांग्रेसका युवा नेता धिरज कुमार गुप्ताले वीरगंज महानगरपालिका लाइ बिपीक्षी बनाइ अदालतमा मुद्दा गरेका थिए।

रिट निबेदन उत्प्रेषण/परमादेश मुद्दामा आज मिति २०७९ असार २ गते को तारेख मा २०७९ असार १२ गते सधारण तारेखमा हजिर हुन उच्च अदालत जनकपुर, अस्थाई इजलास वीरगञ्जले आदेश दिएको छ।

हाल त्यस जग्गामा ५०० भन्दा बढी साना ब्यापारी (फलफुल, तरकारी इत्यदी) हरु बाट दैनिक २५ रु देखी २५० रुपैया दैनिक संकलन गरि महिनाको अन्दाजी ८-१० लाख उठाउदै आएको कुरा विभिन्न माध्यम बाट जानकारी मा आएको नेपाली कांग्रेसका युवा नेता धिरज कुमार गुप्ताले बताएका हुन। साथै नेता गुप्ताले उठेको रुपैयाँको विवरण पार्दर्शिताका साथ सार्बजनिक गर्न वीरगञ्ज महानगरपालिका सङ्ग जोडदार माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close