भन्सार एजेण्टमा लिखित परीक्षामा पास भएका बहालवाला सरकारी कर्मचारीले अन्तरवार्तामा भाग लिन नपाउने

भन्सार एजेण्टको लागि लोकसेवा आयोगको सहयोगमा भन्सार विभागले लिएको परीक्षामा पास भएका निजामति कर्मचारी परीक्षार्थीहरुले अन्तरवार्तामा भाग लिन नपाउने भएका छन् ।

२०७९ बैशाख १७ गते लिएको भन्सार एजेण्ट (अनुमतिपत्र) को लिखित परीक्षामा ८६० जना पास भएका थिए । ६६० जनाको लागि लिईएको लिखित परीक्षामा झण्डै नौहजारले परीक्षा दिएका थिए । त्यसमध्ये निजामित कर्मचारीहरुले पनि भन्सार एजेण्टको परीक्षामा भाग लिएका थिए ।

भन्सार एजेण्टको परीक्षामा निजामति कर्मचारीहरुले पनि भाग लिएको भन्दै भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि भन्सार विभागले लिखित परीक्षामा उत्तीर्ण भएका निजामति कर्मचारीहरुलाई अन्तरवार्तामा भने सहभागि नगराउने भएको हो ।

अर्थ मन्त्रालयले असार ३ गते बहालवाला निजामति कर्मचारीहरुलाई भन्सार एजेण्ट (अनुमति पत्र) को अन्तरवार्तामा सहभागी नगराउन निर्देशन सहितको पत्र भन्सार विभागलाई पठाएपछि विभागले सूचना प्रकाशित गरेर निजामित कर्मचारीहरुलाई सहभागी नगराउने जनाएको छ ।

भन्सार एजेण्टको परीक्षामा प्रश्नपत्रमा समेत त्रुटी भेटिएको, बहालवाला निजामति कर्मचारीहरुले पनि परीक्षा दिएको तथा नतिजा प्रकाशनमा पनि चलखेल भएको परीक्षामा सहभागीहरुले आरोप लगाउदै आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close