फोटो पत्रकारिता अवार्ड २०२२ बाट सर्राफ सम्मानित हुने

नेपाल फोटो पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष राम सर्राफ सम्मानित हुने भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाले रजत जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ का अवसरमा सर्राफलाई सम्मान गर्न लागेको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना काठमाण्डौमा यही असोज ६ गते आयोजना गर्ने रजत जयन्ती तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ को चौथो संस्करणमा उनी सम्मानित हुने भएका हुन् ।

फोटो पत्रकारहरुले खिचेका लकडाउनका तस्बिरहरु समावेश गरेर ‘लकडाउनमा नेपाल’ नाम स्मारिका फोटो पुस्तक प्रकाशन गर्ने योजना रहेको समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए । फोटो पत्रकारितामार्फत राष्ट्रलाई दिएको अतुलनीय योगदान र संस्थालाई पु-याएको सहयोगको कदरस्वरुप विशेष सम्मान २०२२ सर्राफलाई अर्पण गर्ने निर्णय गरेको पनि अध्यक्ष वन्तले जानकारी दिए ।

दुई दशकभन्दा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय सर्राफ नेपाल फोटो पत्रकार संघका संस्थापक हुँदै पर्सा शाखा उपाध्यक्ष, मधेश प्रदेश अध्यक्ष भएर केन्द्रीय उपाध्यक्षसमेत भइसकेका छन् ।

स्वर्गीय गोपाल गिरीको अन्त्येष्ठी गर्ने क्रममा बागमती नदिमा डुबेर पानी बाहिर क्यामेरा निकालेर फोटो खिचेको अन्नपुर्ण पोस्टका तत्कालिन सम्पादक श्री आचार्यले देखेपछि उनलाई अन्नपुर्णमा फोटो पत्रकारको रुपमा आवद्ध गराएका हुन् ।

२०६० सालसम्म वीरगञ्जबाटै प्रकाशित अंकुश दैनिकमा छापीने सर्राफको फोटो त्यसपछि अन्नपुर्ण पोस्टमा पनि प्रकाशन हुन थालेको हो । त्यसपछि सर्राफले खिचेका फोटोहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन भइसकेका छन् । नेपाल भरीमै मोफसलबाट फोटो पत्रकारको रुपमा नियुक्ती पाउने पहिलो व्यक्ति पनि सर्राफ नै हुन् । सर्राफ हाल द हिमालयन टाइम्समा आवद्ध छन् ।

उनी वीरगञ्जबाट १ दशकदेखि सञ्चालित यात्रा डेली डटकम अनलाईनका प्रबन्ध निर्देशक समेत हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close