१० के.जी.लागु औषध गाँजा सहित तिन जना मानिस पक्राउ ।

बिरगंज , चैत्र २२ गते आइतबार ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार दिउसो अन्दाजी २ बजेको समयमा जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.२१ परवानीपुरमा केही मानिसले हातमा दुई वटा जेब्रा झोला बोकी बीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा निजहरु माथि शंका लागि चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र ५/५ के.जी.को दरले लागु औषध गाँजा १० के.जी.फेला परेको हुँदा रितपूर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले जानकारी दिनु भयो।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गा.पा. वडा नं. ७ खर्लिङग बस्ने बर्ष ४३ जय बहादुर गोले , जिल्ला मकवानपुर राक्सिराङ गा.पा. वडा नं. ७ खर्लिङग बस्ने बर्ष ३५ को बिष्णुमाया तामाङ र जि.मकवानपुर मनहरी गा.पा. वडा नं. ८ मनहरी बस्ने बर्ष २८ को मुईया परियार
रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close