अबैध रुपमा भित्रीएको भारतीय निजी सवारी साधनहरु पक्राउ ।

बिरगंज , चैत्र २२ गते आइतबार ।

भारतीय नंम्बरको ट्रक, स्कुटी तथा मो.सा. गाडीहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा चलाईरहेको सूचनाको आधारमा शनिबार दिउसो ४ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं. १६ चालिस फिट्टे सडक खण्डमा भारतीय नम्बर BR06GD 4156 नम्बरको ट्रक, BR05H 1511 नम्बरको पल्सर मो.सा.,BR00 3389 नम्बरको पैसन प्रो मो.सा.र नम्बर नभएको स्कुटी गरी अ.मू.रु.४१,६०,०००।– (एकचालीस लाख साठ्ठी हजार) बराबरको ट्रक थान-१, मो.सा. थान-२ र स्कुटी थान-१ फेला पारेको र सो गाडी सम्बन्धी वरपर सोधपुछ गर्दा कोही कसैले हक दाबी नगरेकोले बरामद गरी प्रहरी कार्यालयमा ल्याई राखिएकोमा हाल सम्म कोही कसैले पनि उक्त सवारी साधनसँग सम्बन्धित आवश्यक कागजात सहित जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राख्न नआएको हुँदा आवश्यक कारवाहीको लागि आजै बीरगञ्ज भंसार कार्यालयमा बुझाईएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close