उद्योग वाणिज्य सङ्घ द्वारा पदाधिकारीहरुको स्वागत

वीरगञ्ज, २२ चैत्र ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले आज एक विशेष समारोहका बीच सङ्घको अध्यक्षको पदबहाली गर्नु भएको छ ।

वीरगञ्ज–पथलैया कोरिडोरलाई औद्योगिक कोरिडोरको रुपमा घोषणा गर्न पहलको लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाईलाई सम्बोधन गरी लेखिएको पत्रमा हस्ताक्षर गरी सङ्घका नवनिर्वाचित अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको पद बहाली गर्नुभयो ।

सो कार्यक्रममा अध्यक्ष गुप्ताले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोही अनुसारको अपेक्षा आफुले गरेको बताउनु भयो । पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउँछन तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनल रूपमा सञ्चालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उहाँले बताउनु भयो ।

निर्देशनको क्रममा अध्यक्ष गुप्ताले भन्नु भयो–तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।

सङ्घमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमूल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजीक्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफुले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गर्दछु ।

सङ्घका सचिवालयका कर्मचारीहरुको तर्फबाट सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायले सङ्घको महत्व र गरिमालाई अझ उचाईमा पुर्‍याउन विगत झैं हामीहरुले सङ्घका पदाधिकारी तथा कार्यसमिती सदस्यहरुलाई पूर्ण सहयोग गर्ने बताउनुभयो ।

उहाँले सङ्घको सचिवालयद्वारा सम्पादन गरिने सेवा प्रवाहलाई अझ छिटो छरितो, चुस्त दुरुस्त तथा प्रभावकारी रुपले सम्पादन गर्ने प्रतिबद्धताका साथ सचिवालयका कर्मचारीहरु अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, कोषाध्यक्ष गोविन्द शाह, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिवद्वय सुशान्त चाचान, अनोज रुँगटा लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close