प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आतिथ्यतामा कमाण्डो तालिम सम्पन्न ।

खेम राज खनाल चैत २२ नवलपरासी
प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा, नवलपरासीमा प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम छैटौं समुहको समापन कार्यक्रको नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा समापन भयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूले बिषम परिस्थितिमा पनि सहजताका साथ कार्य सम्पादन गर्न गराउन यस प्रकारको शारीरिक परिश्रमको तालिम अत्यन्त फलदायी हुने र भविष्यमा आफ्नो कर्तव्य पालना गर्दा कदापी खुट्टा कमाउने कार्य नगर्न निर्देशन दिनु भएको थियो । कार्यक्रममा महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी विशेष कला तथा कारवाही प्रशिक्षार्थीहरुले प्रदर्शन गर्नु भएको डेमो अवलोकन गर्नुका साथै दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई कमाण्डो व्याज समेत सुशोभन गरीदिनु भएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर Kuber Kadayat कडायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close