ट्राफिक प्रहरी र प्रहरीहरूको २ दिने ॲाखा चेकजाच सिविर सञ्चालन

जेठ २७ कैलाली

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीको कार्यालय प्राङगणमा जिल्ला.ट्राफिक.प्रहरी .कार्यालय.कैलाली,कञ्चनपुर र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया कैलालीमा कार्यरत प्रहरी कर्मचारीहरुको निशुल्क आँखा चेकजाँच सञ्चालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र च्यारिटी हेल्थ फाउण्डेशन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालय आँखा अस्पतालको प्राबिधिक सहयोग र राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको प्रायोजनमा कार्यक्रम सञ्चालन गरिएको हो । आज २७ गते सञ्चालन गरिएको कार्यक्रम भोली २८ गते सम्म चल्ने छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्वव्यापी रुपमा फैलिरहेको COVID-19 कोरोना भाईरस संक्रमणलाई मध्यनजर गरि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि सिविर सञ्चालन गरिएको छ ।केही तस्बिरहरु।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close