जिल्ला बचत संघ को निर्वाचन मा नेकपा को उम्मेदवार गुप्ता सचिव मा बिजयी

  • जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको अध्यक्षमा राजेश पण्डित कुम्हार निर्वाचित हुनुभएको छ ।

शनिवार राति भएको निर्वाचन अनुसार अध्यक्षका उम्मेदवार हरेराम प्रसादलाई ३ मतले पराजित गर्दै पण्डित अध्यक्षमा चयन हुनुभएको हो । उहाँका प्रतिद्वन्दी हरेराम प्रसादले ५९ मत प्राप्त गर्नुभएको थियो भने पण्डितले ६२ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा पन्नालाल महतोलाई १२ मतले पछि पार्दै असगर अलि अन्सारी निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा दिल्लीविक्रम कार्कीलाई १५ मतले पछि पार्दै राकेश यादब विजयी हुनुभएको छ ।

यस्तै ४९ मत प्राप्त गरेका इश्वरचन्द्र यादबलाई हराउँदै ७१ मत प्राप्त गरी जिष्णु बराल महासचिबमा निर्वाचित हुनुभएको र नेपाली कांग्रेस निकट सचिबमा प्रदिप प्रसाद पटेललाई पराजित गर्दै नेकपा निकट प्रभाकर गुप्ता विजयी हुनुभएको  निर्वाचन समितिका सदस्य बृजकिशोर पटेलले जानकारी दिनुभयो ।

रामजी मुखिया बिनलाई पराजित गर्दै नगनारायण सिँह कोषाध्यक्षमा चयन हुनुभएको छ । जम्मा १ सय ३३ मत रहेकोमा १ सय २१ मत खसेको निर्वाचन अधिकृत रामनारायण कुर्मीले बताउनुभयो ।

समितिको सदस्यहरुमा भगवती शर्मा, अरुण कुमार साह, गिरीराज कडेल, कुन्दन प्रसाद, विजय कुमार गुप्ता चयन हुनुभएको छ ।

संघको लेखा तथा सुपरिवेक्षण समितिमा संयोजकमा राजेन्द्र प्रसाद जयसवाल निरविरोध चयन हुनुभएको छ । त्यस्तै सदस्यमा हृदयनारायण साह र मनोज गुप्ता पनि निरविरोध निर्वाचित हुनुभएको हाे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close