कालिकामाई गापामा ४ सय ८८ परिवार लाई ग्यास चुला बितरण गर्दै वाड अध्यक्ष- पटेल

राजन कुमार बानिया पर्सा १७ फागुन ।
पर्साको कालिकामाई गाउँपालिका को वडा न ३ हरिहरपुर बिर्तामा आज ग्यास चुला बितरण गरिएको छ। कालिकामाई गाउँपालिका को वाड नं ३ हरिहरपुर बिर्ता लाई धुवा मुक्त गर्ने उदेश्य का साथ् एक कार्यक्रम का बिच वाडअधयक्ष संजय पटेल ले १सय ४९ घर परिवार लाई ग्यास चुल्ला सेट बितरण गरेका छन।वाडअधयक्ष पटेल को अभियान घर घर मा ग्यास चुला पुर्याउने अभियान रहेको छ।

वाडा भरि को महिला हरु लाइ दाउरा लिन भाउतारन र चुलो फुकने दिन गएको धुवा बाट महिला हरु लाइ अाँखा मा समस्या देखिएको ले सोको मध्यनजर गरि वडाअधयक्ष पटेल ले ग्यास चुला र ग्यास सलेन्डर बितरण गर्गानु भएको छ। स्थानिय निर्वाचन को सम्यमा हरिहरपुर बिर्ता लाई धुवा मुक्त बनाउन घरघर मा ग्यास चुला र ग्यास सलेन्डर बितरण गर्ने वाडअधयक्ष पटेल ले गरेको प्रतिबद्धता लाई पुरा गरेर देखाएका छन।

यो भन्दा पहिला ३ सय ३९ वटा घर परिवार लाई बितरण भईसकेको र अहिले १ सय ४९ गरि अहिलो सम्म ४ सय ८८ वटा ग्यास चुला,र ग्यास सलेनडर बितरण गरिएको छ।बितरण कार्यक्रम मा वाड समिति रामराज चौरसिया,कमलेश पासवान,राजेश प्रसाद कुर्मी,प्रभु पटेल,प्रेमचन्द्र पटेल, लगायत को सहभागिता रहेको थियो ।दलित, एकल र बिपन परिवार लाई बिशेष प्राथमिकता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close