१११ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “चित्रमन्जरी-२” चित्रकला प्रतियोगिता ।

अजित भुजेल

बिरगंज , फागुन २४ गते सोमबार ।

चित्रान्स युवा समितिको आयोजनामा “चित्रमन्जरी-२” चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । ८ मार्च का दिन बिश्व भरी विभिन्न कार्यक्रम गरि महिला दिवस मनाउने गरिएकोमा आज १११ औ अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा चित्रकला प्रतियोगिता चित्रमन्जरी२ को आयोजना बिरगंजको चित्रगुप्त मन्दिर परिसरमा गरिएको थियो ।

चित्रान्स युवा समितिको संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्ण, विशिष्ट अतिथी चित्रगुप्त समितिका अध्यक्ष महेश दास,रेडक्रस(आइ.सि.आर.सि.) बाग्लादेस डेलिगेट मनिष दास, चित्रकार निशा सरार्फ, अन्जली कर्ण रहनु भएको थियो ।

विभिन्न समयमा विभिन्न अवसर पारेर चित्रान्स युवा समिति विद्यार्थी तथा युवाहरुको बौद्धिक बिकासमा खेली रहेका उल्लेखनीय भुमिका निकै स्रहानिय रहेको साथै आजको प्रतियोगितामा प्रतियोगिहरुले कलम र रङ्गको माध्यमले कागजमा कोरिएको चित्रहरू मन भित्रको भावनाहरु उतारिएको पाइएको कुरा वहाले बताए ।

प्रतियोगितामा प्रथम हुनेमा साउथ जोनका बिनय बैठा, दोस्रो स्थान हासिल गर्न सफल हुनेमा जि.एच.पि.मा बि.का विवेक कुमार शाह र तेस्रो स्थानमा लिटिल फ्लावरकी शिपरा शर्मा सफल भएका हुन ।

प्रथम हुनेलाई २,५२५/- दोश्रो हुनेलाई १,५१५/- र तेस्रो हुनेलाइ १,१११/- नगद पुरस्कार पुरस्कृत प्रमुख अतिथी र अतिथिहरुबाट सम्मान पत्र र अवार्ड प्रदान गरिएको थियो साथै सहभागी सबैलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियोे !
सहभागी हुने प्रतियोगिहरुलाइ चित्रकलाको बारेमा साथै चित्र बनाउदा अपनाउनु पर्ने मापदण्ड, तरिका रङको पहिचार, कला सबैको बारेमा चित्रकार एवं निर्णनायक निशा सरार्फ र अञ्जली कर्णले प्रस्ट पारेका थिए भने कार्यक्रममा शुभकामना मन्तव्य महेस दास, मनिष दासले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा संयोजक राजन श्रीवास्तवले मन्तव्य राख्दै अब महिलाहरुको खुट्टामा जन्जिर, अनुहारमा एसिड, अनुहार छोपिएको होइन अब त्यो जन्जिर तोडेर निस्केका महिलाको तस्बिर बनाउनु पर्छ, एसिड होइन महिलाको सफलतालाई देखाउनु पर्छ आफ्नो मनमा रहेका इच्छाहरुलाइ दर्शाउनु पर्नेछ भन्ने कुरा मनमा रहेको थियो र प्रतियोगिहरुले त्यसै प्रकार चित्र बनाएकोमा एकदम खुशी महसुस भएको भन्दै सबैमा धन्यवाद दिदै अतिथिहरु मायाको चिनो प्रदान गर्दै कार्यक्रमको समापन गरेका थिए ।

१७ बिधालयका ३४ जनाको सहभागीता रहेको चित्रमन्जरी२ कार्यक्रममा बिहान शुभकामना दिन छमादानका लेखक गणेश लाठ, नेपालयका भुशिता बसिस्ट, अर्पण शर्मा, सैजम मास्के र अरबिन्द सिह, पत्रकार सुश्मा शर्माले सहभागीहरुलाइ महिला दिवसको र प्रतियोगिताको शुभकामना ब्यक्त गरेका थिए ।

चित्रान्स समुहका शितन कर्ण, रश्मि कायस्थ, सुमीत आनद, प्रभात श्रीवास्तव, राहुल श्रीवास्तव, बिबेक कर्ण, र्यान कायस्थ, प्रकास कर्ण, सिद्दी कुमारी, मनिस कर्ण, विवेक कर्ण लगायतले कार्यक्रमको ब्यवस्थापन गरेका थिए साथैअनमोल स्विट्स, डि.ए.भि स्कुल, बि.आइ.टि कलेजले सहयोग गरे भने कार्यक्रम संचालन सुर्या शुभचिन्तकले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close