महिलामाथि छुरा प्रहार, नाबालकसहित दुईजना पक्राउ

पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारको मुसहर टोलमा आइतवार बिहान एकजना महिलामाथि छुरा प्रहार भएको छ।
घरमा सुतिरहेको बेलामा ४५ वर्षीया लक्ष्मीनियादेवी चौधरीमाथि छुरा प्रहार भएको प्रहरी चौकी बिरुवागुठीले जनाएको छ। दुई/तीन जनाको समूहमा आएका व्यक्तिले घरभित्र प्रवेश गरेर चौधरीमाथि छुरा प्रहार गरेका थिए। चौधरी केही समयदेखि पतिसँग अलग्गै बस्दै आएकी छन्।

छुरा प्रहारबाट चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई उपचारको लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यसैबीच, प्रहरीले छुरा प्रहार गरेको कसूरमा एकजना नाबालकसहित दुईजनालाई शङ्काको आधारमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साले एकजना १७ वर्षीय नाबालिग र अर्का एकजनालाई शङ्काको आधारमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको बताएको छ। छुरा प्रहारको कारण खुलिसकेको छैन। प्रहरीले अनुसन्धानपछि तथ्य खोल्ने र सार्वजनिक गर्ने बताएको छ।eprateek

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close