झापाको कमल गाउँपालिकामा एक जनालाई कोरोना आशंका

कमल /झापाको कमल गाउँपालिकामा शनिबार एक जनालाई कोरोना भाईरस कोभिड १९ को आशंकामा मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ । कमल २ अधिकारी टोलका ति युवा गत चैत्र ६ मा मलेसियाबाट नेपाल आएका थिए ।

उनि सहित परिवारका सबै सदस्यहरुलाई ज्वरो आएपछि उनलाई आईसोलेशनमा राख्न मेची अञ्चल अस्पताल पठाइएको कमल गाउँपालिकाका स्वास्थ्य निरिक्षक बाबुराम थुलुङ्गले बताए । त्यहाँबाट स्वाव परिक्षण पछि मात्र उनलाई कोरोना भए नभएको भन्न सकिने उनले बताए ।

यसअघि भारतबाट आएका एक युवामा उच्च ज्वरो आएपछि उनलाई पनि आईसोलेशनमा राख्न मेचि अञ्चल अस्पताल पठाइएको र उनको स्वाव परिक्षणका लागी पठाएको छ । उनका अनुसार कमलमा ७२ जना होम क्वारेन्टाईनमा छन् भने एक जना गाउँपालिकाको क्वारेन्टाईनमा छन् ।

श्रोत : हाम्रो कमल

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close