राष्ट्रिय जनगणना २०७८ देशैभर संगै पर्सामा पनि आज देखी सुरु

वीरगञ्ज ३० भदौ । पर्सामा जनगणनाको आज देखी सुरु हुने भएको छ । राष्ट्रिय जनगणना २०७८ देशैभरका घर ,परिवार तथा व्यक्तिको विवरण संकलन सम्बन्धमा पर्साको सम्पुर्ण स्थानिय तहमा संचाल भएको दुईदिने तालिम प्राप्त सुपरिवेक्षकहरुले आजबाट हरेक वडामा घर तथा घरपरिवार सुचिकरण फारम भर्ने कार्य सुरुगर्ने भएका छन ।
केहिमहिना अगाडि सकिनु पर्नेमा कोभिड १९ को महामारीले सहज वातावरण पश्चात गरीने भनिएको राष्ट्रिय जनगणना २०७८ आज देखी देशैभर संगै पर्सा जिल्लामा पनि एकैसाथ सुरुहुनेको छ ।

सुपरिवेक्षकले भदौ ३० गते देखी असोज १८ गते (२० दिन) भित्र घरपरिवार सुचिकरण फारम भरेको अनुसार गणकले मुख्य प्रश्नावलीप फरम भर्ने कार्य सुरुहुने राष्ट्रिय जनगणना कार्यालय पर्साले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ देशैभर संगै तिन महिना भित्र सकाउने लक्षराखीएको छ ।


राष्ट्रिय जनगणना २०७८ संचालनमा के के विवरण संकलन गरीन्छ ?
राष्ट्रिय जनगणना २०७८ मा तथ्याङ्क संकलन कार्य दुईचरणमा संचालन गरीने छ ।पहिलो चरणमा सुपरिवेक्षक द्धारा प्रत्येक घर तथा घरपरिवारमा पुगी घर तथा घरपरिवार सुचिकरण फारम मार्फत घर सम्बन्धी विवरण, परिवारमा अक्सर बसोवास गरेका महिला, पुरुष अन्य लिङ्गी परिवारको कृषि सम्बन्धी बिवरण आदी संकलन गरीने छ । दोस्रो चरणमा गणकहरु द्धारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली मार्फत पारिवारीक विवरण तथा व्यक्तिको जनम मृत्यू बसाईसराई लगायत जनसंख्यिक विवरणहरु संकलन गरीने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close