राष्ट्रिय जनगणना २०७८का लागी खटीएका सुपरिवेक्षकहरु काम गरेवापत दशैंमा पैसा नपाउदा यसपाली दशैं नमनाउने ।

वीरगञ्ज २५ असोज । राष्ट्रिय जनगणना २०७८ दोस्रो चरणमा संचालन गरीने भनिएको पहिलो चरणको सुपरिवेक्षक द्धारा प्रत्येक घर तथा घरपरिवारमा पुगी घर तथा घरपरिवार सुचिकरण फारम भर्नेकार्य असोज ३० गते देखी सुरुगरीएको १८ गते समाप्तभए संगै सुपरिवेक्षकहरु निरास भएका छन । 

वर्ष दिनको चाड्पर्व दशैं जस्तो पर्वमा दशैं मान्न घरमा राखेको पैसा घर तथा घरपरिवार सुचिकरण फारम भर्नजादा भाडा,खाना मै सकिएको र सरकारले कामवापत दशैंमा पैसा दिने आसमा बसेका सुपरिवेक्षकहरु अहिले सरकारले भत्तासमेत उपलब्ध गराउन नसक्दा यसपालिको दशैं नमनाउने जनगणनाका लागी खटीएका सुपरिवेक्षकहरुले बताएका छन ।

पर्सामा १ सय ४२ बयालिस जना गरी देशैभर ८ हजार ५ सय जनगणनाका लागी सुपरिवेक्षकहरुरहेका छन ।

कार्तिक २५ गते देखी मंसिर ९ दोस्रो चरणमा गणक द्धारा मुख्य प्रश्नावली फारम भर्नेकार्यसुरु हुने छ । देशै भरी जनगणनाका लागीरहेका सुपरिवेक्षकहरुको ४ वटा क्षेत्रमा एउटा क्षेत्रमा जनसंख्याको आधारमा एक गणक राखने वा सोही अनुसार थप गरीने स्थानिय जनगणना कार्यलयका वीरगञ्ज परवानीपुरका प्रमुख मुनेश्वर साहले बताएका छ ।

तर दशैं जस्तो चाड्पर्वमा कामगरे वापत सुपरिवेक्षकहरुले पैसा नपाएकोले गणकहरु सजकहुदै सेवासुविधा प्रतिआपति जनाएका छन । ५ पाचं सयको भत्ताले गाउँबाट तालिम लिन सदरमुकाम पुगी होटेल,लजमा बस्दा घरबाटै खर्च तिर्नु परेकोले सेवासुविधा बढाउन समाजिक संजालल मार्फत आप्पती जनाउदै सेवा अग्रीम सेवासुविधा माग गरेका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close