२ नं प्रदेश विपद व्यवस्थापन गुल्म वीरगञ्ज द्धारा घरेलु आगलागी न्यूनिकरण तथा त्यसबाट बचने उपाए सम्बन्धमा डेमो कार्यक्रम सम्पन्न

वीरगञ्ज ०४ कार्तिक । २ नं प्रदेश विपद व्यवस्थापन गुल्म वीरगञ्जले विहीबार आदर्शनगर स्थित पुरानो बसपार्कको प्राङ्गणमा घरेलु आगलागी न्यूनिकरण तथा त्यसबाट बचने उपाए सम्बन्धमा डेमो कार्यक्रम सम्पन्न गरेको छ ।                                                              समुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २ नं प्रदेश विपद व्यवस्थापन गुल्म वीरगञ्ज र ग्रीन सिटी समुदनयीक सेवा केन्द्र पर्साको संयूक्त आयोजनामा आउदैगरेको तिहार , छठ पर्वलाई लक्षीत गरी आगोनियन्त्रण र त्यसको रोकथाम सम्बन्धमा डेमो कार्यक्रमको आयोजना गरीएको कार्यक्रमका संचालक तथा २ नं प्रदेश विपद व्यवस्थापन गुल्म वीरगञ्जका प्रहरी निरीक्षक नितेश कुमार सिंहले बताए ।

तिहार, छठ मात्रनभई तराईमा सुखायाममा आगलागीको घटनाबढदै जादा यसको नियन्त्रण र रोकथाम सजिलै सहज तरिकाले गर्न सकिने मुख्यउदेश्यका साथ गरीएको योअभ्यास अगनमी दिनहरुमा सबैकालागी सहज र सरलहुने विश्वसव्यक्त गर्दै डेमो सुरु गरेका थिए ।

डेमो
पेट्रोल, तेलमा आगो लाग्यो भने के गर्ने ?
हतारमा पानी, चिनी, पिठोको प्रयोग गर्नुहुदैन ज्वलनशिल पदार्थरहेकोले झन आगो लागन सकने सम्भवना हुन्छ । पानिले भिजेको कटनको कपडा अथवा ब्रेकिङ्गसोडाको प्रयोग गर्नु पर्ने हुन्छ ।
ग्यास सिलिन्डर ,ग्यास पाईप, रेगुलेटरमा आगो लागयो भने के गर्ने ?
सकेसम्म नडराई पाईपको मुखबन्दगर्ने वा भिजेको कम्दल प्रयोग गरी निभागने योसम्भतप्रयास पश्चात निभाउन नसके ग्यास सिलिन्डरलाई नजिकैको पोखरीमा सिलिन्डरको ग्यास नसकुन्जेल सिलिन्डर पोखरीबाहीर ननिकालने ।
घर ,गोठ, पसल अथवा कलकारखानामा आगो लागदा के गर्ने?
सकेसम्म सानो आगो छ भने पम्पसेट वा मोटरको प्रयोेग गर्ने यदि नियन्त्रण गर्ने सकिएन भने नजिकै रहेको प्रहरीलाई खबर गर्ने र बारुण यन्त्रबाटले आगोनियन्त्रण गर्ने।

आभ्यस प्रश्चात कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले तिहार ,दिपावली जस्ता पर्वमा आगलागीको विषेश सम्भावना रहेकोले यो पर्वलाई मध्यैनजर गर्दै गरीको योकार्यक्रम अतिनै प्रभावकारी रहेको बतादै गत वर्ष कोभिडको महामारीले दिपावली मनाउन नपाए पनि यस वर्ष पनि उच्च सतर्कताका साथ दिपावली मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्र.उ. बेलबहादुर पाण्डे, सशस्त्र प्र.उ. राजेन्द्र खड्का, श्रीपुर वडा प्रहरी कार्यालयका प्र.नि. दिनेश गौतम , वडा प्रहरी कार्यालयका प्र.नि. राजेश राज पुरी ,ग्रीन सिटी समामुदायीक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान लगायत संचारकर्मी समाज सेवी तथा स्थानिय जनप्रतिनिधी र स्थानियहरुको बाकलो उपश्थितिरहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close