युथ कांग्रेस प्रदेस २ सदस्य गुप्ता द्वारा खानेपानी हाकिमको मानमर्दन गर्ने दोषीमाथि कारवाहीको माँग

वीरगंज, पर्सा
प्रदेश २ को राजधानी जनकपुर स्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश)कुशवाहा लाई अर्धनग्न पारी बजार घुमाइएको क्रियाकलापप्रति यूथ कांग्रेस नेपाल प्रदेस नं २ सदस्य राहुल गुप्ताले आपति जनाएका छन ।

देशको कानूनी व्यवस्था र समाजिक मुल्यमान्यताको खिल्ली उडाउँदै जनमत पार्टीका नेता÷कार्यकर्ताहरूले जङ्गली व्यवहार देखाएको र निज राजेश कुशवाहाको प्रतिष्ठामाथी प्रश्न उठ्नेगरी उहाँको मानमर्दन भएको युथ काँग्रेसले एक बज्ञिप्ति जारी गरि जनाएको छ ।

हिलो–कालो छ्याप्दै नगर परीक्रमा गराईएको उक्त घटना घृणित कार्य भएकोले खेद प्रकट गर्दै युथ कांग्रेस प्रदेस नं २का सदस्य गुप्ताले उक्त घटनाको गम्भिर भतर््सना समेत गरेका छन ।गुप्ताले प्रेस बिज्ञप्ति मार्फत अमानविय कार्यमा सँलगन दोसिहरु माथि कडाभन्दा कडा कानूनी कारवाहीको माग गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close