समाज सेवी सुरेन्द्र कुर्मी द्धारा जिम कल्बको उदघाटन

वीरगन्ज १ मंसिर । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा जिम क्लब संचालनमा आएको छ । मंगलबारदेखि संचालमा आएको जिम क्लबको समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीले उदघाटन गर्नुभएको छ ।

मसल्स मन्सटर्स जिम क्लबले संचालन गरेको जिमखानाको अधिवक्ता कुर्मीले रिवन काटेर उदघाटन गर्नुभएको हो । उदघाटपछि कुर्मीले जिमखानामा रहेका भारत्तोलनका औजारहरुको विषयमा जानकारी लिएर अभ्यास समेत गर्नुभएको थियो ।

पछिल्लो समयमा युवाहरुमा बढ्दै गएको जिमखानाको आकर्षण तथा बदलिँदो जीवनशैलीका कारणले पनि व्यायामका लागि जिमखाना आवश्यक रहेको कुर्मीले बताउनुभयो ।      मानव स्वास्थ्य र शारिरिक तन्दुरुस्तीका लागि पनि जिमखाना उपयोगी हुनुका साथै युवाहरु स्वरोजगार बनेको पनि उहाँको भनाई थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close