सङठन बिस्तार अभियानमा : ओमप्रकाश सरार्फ

वीरगञ्ज । ३ पौष । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल वीरगन्ज महानगर कार्यसमितिले संगठन विस्तारमा तिब्रता दिएको छ। महानगर कार्यसमितीका अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा अहिले सम्म महानगरको दशवटा वडाहरुमा वडा ईकाई समिति लगायत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष ओमप्रकाश सरार्फले बताएका छ्न।

पौषको अन्तिम सम्म महानगरको ३२ औं वडाहरुमा वडा कमिटी बनाउने कार्यसम्पन्न गरि पार्टीको प्रचार प्रसारमा तिब्ररुपले लागने उनको भनाई रहेको छ। सोही अनुसार वीरगन्ज वडा नं २४ र १७ अलौंमा पार्टि प्रवेश तथा वडा एकाई समिति गठन गरि सदस्यता बितरण कार्यक्रम आज सम्पन्न भएको छ्।

महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सान्सद रमेश प्र. कुर्मि, जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, नगर उपाध्यक्ष सेख भिरोज सचिव बिकाश चौधरी, नगर सदस्य बिरेन्द्र साह लगयातका बिषेश सहभागिता रहेको थियो। भेलाले अनुभवी नेता सिव शन्कर दिवेदीको अध्यक्षता मा ५१ सदस्यिय वडा कमिटि गठन गरिएको छ्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close