मानव सेवा आश्रमले जलेश्वर ठाकुरको घर परिवार संग पुर्न मिलन गरायो

मानसिक संन्तुलन गुमाएका जागेश्वर ठाकुर मानव सेवाको माया प्रेम र उपचार पछी स्वस्थ्य भएर घर फर्के ः परिवार द्धारा भव्य स्वागत

वीरगञ्ज १२ माघ । जीवन देखि आशा नै मारिसकेका, मानवसेवा आश्रमको माया प्रेमले ८ महिना पछी सुखद पारिवारिक पुर्न मिलन आज जागेश्वर ठाकुरलाई भएको छ ।
जेष्ठ २१ गते को दिन कलैथा वडा नं १८ मोतिसत गाउँ बाट बिगत ४ बर्ष देखि फलामे सङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्था बाट मानवसेवा आश्रम बिरगञ्ज शाखाले उद्दार गरेको थियो । र आश्रमको माया प्रेम र औषधी उपचारबाट स्वस्थ्य भई आज उनको पुन परिवारीक मिलन भएको छ ।
विगत ४ वर्ष देखी जगेश्वर ठाकुर मानसिक संन्तुलन गुमाएका थिए मानसिक संतुलन गुमाएका ठाकुर परिवार र समाज संग अभद्र व्यवहार गर्न सुगरे पछि फलामको साङ्गला बाधेर राखन बाध्यता भएको ठाकुरकी श्रीमती सुगामा देवी ठाकुरले बताए बताउनु भएको छ ।
परिवारले गर्न नसकेको काम निसुल्क रुपमा मानव सेवा आश्रमले आफ्नो सेवाले प्रभावित बताएको र श्रीमान घर आएको खुसी व्यतm गर्दै मानवसेवा आश्रम वीरगञ्जलाई धन्यवाद व्यतm गरेको छिन ।
८ महिना अगाडी जागेश्वर ठाकुरलाई मलामे सङ्गलोबाट उदार गरि मानवसेवा आश्रममा ल्याएर औषधि उपचार माया र प्रेमले वहाको स्वस्थ्य सुधार भए पछि वहा को सम्पुर्ण परिवारलाई जिम्मा लगाई सफल पारिवारिक पुनर्मिलन गराएको मानवसेवा आश्रम वीरगञ्जकी संयोजक सानु गुरुङ्ग बताउनु भयो छ ।
मानसिक अवस्था ठिक बनाउन अहम भूमिका निर्वाह गर्नु हुने आदरणीय प्रहरी अभिभावक, तथा अश्रममा निसुल्क रुपमा सेवा प्रदन गर्ने सम्पुर्यामा बिशेष आभार र धन्यवाद दिएका थिन ।
आजको मितीमा मानवसेवा आश्रम बिरगंज शाखामा बिभिन्न उमेर समुहका पुरुष, महिला र बाबु नानी गरेर जम्मा ५९ जना सेवा दिइरहेको बवाले बताउनु भयो । र देशै भरि ७ प्रदेश को १६ जिल्ला र २५ वटा सेवा केन्द्र गरेर १६०० जना आमाबुवा र बाबु नानी हरुको खाना, नाना र छाना को प्रवन्ध मानव सेवाहरुले गर्दै आइरहेको सानु गुरुङ्गले बतोनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close