कलैयामा आफनै छोराद्धरा आमाको हत्या

वीरगज,२ असोज/कलैया नगरपालिका ८ रगंपुरटोलमा आफनै आमालाई घाटी छिनाएर हत्या गरेको समाचार प्राप्त भएको छ ।
छोरा जयकिसोर यादवलेले ठुली आमा ४५ बर्षीय धनवन्ती देवी यादवको घास काटने धारिलो हतियारले घाटीमा प्रहार गर्दा उनको टाउको छिनीएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरिक्षक होमेन्द्र बोगटीले बताए ।

प्रउ बोगटीका अनुसार बुवा शिवनारायण यादवले दुईटा बिहे गरेको उनी उनी बिच लामो समयदेखी बिवाद चल्दै आएको बताए । सोही क्रममा हिजो दिउसो ६ बजे आफनो घरको दलानीमा बस्दै गरेका जेठी आमालाई छोरा जयकिसोरले हत्या गरि फरार भएको प्रहरीको भनाई छ ।

श्रीमतीको हत्याको आरोपमा बारा प्रहरीले बुवा शिवनारायण यादवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close