” दशै भत्ता खानुस, कोरोनाले जनता खान नदिनुस”

” दशै भत्ता खानुस, कोरोनाले जनता खान नदिनुस”

संघीय सरकारले केही दिन अगाडि मात्रै अब देखि कोरोना परिक्षण र उपचार सम्बन्धि सम्पुर्ण खर्च जनताले व्यहोर्नुपर्ने निर्णय गरे लगत्तै जनस्तर र विभिन्न राजनीतिक दलहरुले उक्त निर्णयको विरोध गरी निर्णय सच्याउन माग गरेको छ ।

यसै सन्दर्भमा हालै दशै भत्ता बुझेका सांसदहरुलाई कोरोना महामरीको बेला झन गैर जिम्मेवार हरकत गरेको विरोध जनस्तर बाट आउन थालेपछि उक्त कुरामा सांसदहरु पछी हटि केही ले रकम फिर्ता त केही ले कोरोना कोषमा जम्मा गरेका छन।

यो कुराको विरोध गर्दै युथ काङ्ग्रेस नेपालका प्रदेश 2 संयोजक रमेश कुमार राजले ” सरकार एकतिर कोरोना महामारीलाई अविवेकपुर्ण रुपमा प्रस्तुत गरेर कोरोना केही होईन भन्ने भ्रम जनस्तरमा फैलाइ दिएको छ भने अर्को तिर कोरोना उपचार सम्बन्धि सम्पुर्ण खर्च जनताले व्यहोर्नुपर्ने गैर जिम्मेवार अभिभावक बनेको आरोप लगाएका छन।

उनले मार्मिक रुपमा सामाजिक सन्जालमा लेखेका छन-“फरक मत । ✋
एकातिर नेकपा पार्टीको सरकारले कोरोना उपचार श:शुल्क गर्नु भनेर निर्णय गर्‍यो र अर्को तिर दुनियाँले छि! छि! गरेपछि सांसदहरुको दशै भत्ता कोरोना कोषमा जम्मा गर्ने भनेर निर्णय गर्यो। यो किस्ताबन्दीमा जनता ठग्ने काम बन्द गर्नुस माननियहरु।

दशै भत्ता राख्नुस तपाईहरुको पनि परिवर छ तर कोरोना महामारी र जनताको जीवन रक्षा प्रती तपाईको पार्टीको सरकारलाई जिम्मेवार बनाउनुस । कोरोना उपचार निशुल्क बनाउनुस। संक्रमण समयसिमा तोकेर नियन्त्रण गर्ने कार्ययोजना र रणनीति तयार गर्नुस । अब कोरोना येस्तै त होनि भन्ने सरकारको अविवेकपुर्ण ठम्मयाई जनता सम्म पुगिसक्यो । समयमै अभिभावक्त्व निर्वाह गर्नुस ।

“दशै भत्ता खानुस तर कोरोनाले जनता खान नदिनुस” । यही हुनेछ दशैको उपहार ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close