११ लाख रुपैँया घुससहित हवल्दार अख्तियारको फन्दामा

११ लाख रुपैँया घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई पक्राउ गरेको छ ।

भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस लिएको अभियोगमा अख्यितयारले उनलाई पक्राउ गरेको हो ।

श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close