Trending

सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत

बीरगन्ज, २४ माघ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सडक नाटक प्रदर्शन गरिएको छ । महिलाहरुमा देखिने आङ्ग खस्ने समस्याको विरुद्ध जनचेतनाका लागि सडक नाटक देखाइएको हो । सामुदायिक संस्था सानो पाइलाको आयोजनामा स्थानिय कलाकारहरुले आङ्ग खस्ने समस्या हुनुका प्रत्यक्ष र अप्रत्यक्ष कारण, लक्षण र रोकथामका उपायबारे नाटक प्रस्तुत गरेका थिए ।

सानो उमेरमा विवाह गर्दा, धेरै सन्तान जन्माउदा, भारी वोक्दा, असुरक्षित गर्भपतन गराउदा, प्रजनन अंगहरुमा संक्रमण हुँदा, लामो समय सम्म सुत्केरी व्यथा लाग्दा आङ खस्ने समस्या हुने गरेको नाटकमा देखाइएको थियो । ढाड दुख्ने, अत्यधिक सेतो पानी बग्ने, हल्का रगत मिसिएको योनिश्राव हुनेलगायतका समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने सन्देश प्रवाह गरिएको हो । बीरगन्ज महानगरपालिका वडा नं २९ मुसौलीमा सडक नाटक देखाइएको थियो ।

ग्रामीण भेगका महिलाहरुमा उक्त समस्या बढी देखिएका कारण स्थानिय स्तरमै कार्यक्रम सञ्चालन गरिएको सानो पाइलाका स्रोत परिचालन प्रमुख भाजु पटेलले जानकारी गराए ।

महिला दिवसका अवसरमा आयोजना हुने अधिकांश कार्यक्रमहरु सहर केन्द्रीत भएको बताउँदै ग्रामीण भेगमा कार्यक्रम गरिनुपर्नेमा उनले जोड दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close