तराईको जिल्लाहरूमा आज बर्साइत पर्व मनाइँदै ।

बिनोद मण्डल जेठ २७ । तराईको जिल्लाहरूमा आज बर्साइत पर्व मनाइँदै ।

प्रत्येक वर्ष औंसी तिथिको समयमा मनाइँदै आएको बट श्रावनी पूजा यसपटक कोरोना संक्रमण बढिरहेको अवस्थामा सामाजिक दुरी कायम गरी मनाएको हो । तराईका सिरहा ,सप्तरी, जनकपुर लगायत जिल्लाहरूमा बरको रुख लाई धागोले बेरेर नयाँ बसबाट बनाएको ढाकी , बेना ,फूल लगायतका पुजा सामग्री जम्मा गरी उपवास बसेर पतिको दिर्घायुको कामना गर्दै यो पर्व मनाउने चलन रहेको छ । सरकारले लक डाउन गरेपछि यस पर्वमा आम महिला दिदि बहिनिले सामाजिक दूरी कायम गरी यो पर्व मनाएको हो ।

गाउँमा रहेको बर पिपल मध्ये बरको रुखलाई मात्र पूजा गरिने चलनमा विवाहित र अविवाहित दुवै महिलाले संयुक्त रूपमा ब्राहमणलाई वेद पढाएर मनाइने यस पर्वमा पूजा गरिसकेपछि महिलाहरु आफ्नो घरमा विभिन्न किसिमका पकवान तयार पारी आफू र आफ्ना परिवारका सदस्यलाई खुवाउने चलन छ ।

खासगरी जनकपुर आसपास मात्र सीमित भएको बरसाइत पर्व सञ्चारको कारण मधेशका अधिकांश भाग एकै दिन मनाउन थालिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close