यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर

युथ कांग्रेस नेपाल प्रदेश नं २ ले आज “Oxygen for Nepal Campaign” अन्तरगत प्रदेश नं २ का मुख्य मन्त्री लाल बाबू राउत मार्फत ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। युथ कांग्रेस अमेरिका को आर्थिक सहयोगमा हाल सम्म ७ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौ ( जनता स्वास्थ केन्द्र आइसोलेसन सेन्टर-२) र प्रदेश २ (५थान) सहयोग गरि सकेका छन।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९को सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै उक्त उपकरणहरु हस्तान्तरण गरिएको ठाकुरले बताउनुभयो ।

युथ कांग्रेस निरन्तर जनसामुदयको सेवामा समर्पित रहेको प्रदेश नं २ का संयोजक रमेश राज ले बताउनु भयो ।उक्त हस्तान्तरण गर्ने कार्यक्रममा यूथ कांग्रेस नेपालको महोत्तरीका संयोजक निरज शर्मा र युवा नेता मनिष झा सहभागी रहेको यूथ कांग्रेस नेपालको प्रदेश न. २ का सचिव प्रभात ठाकुरले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close