ग्रिनसिटिको सेवाबाट ५५ सय भन्दा धेरै लाभान्वित, आवश्यक्ताअनुसार शुरु गर्नेगरी सेवा स्थगित

बिरगंजका ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले करिब ५ हजार ५ सय जनालाई गराए औषधी उपलब्ध

पर्सा जिल्लामा जारी निषेधाज्ञाका कारण नेपालमा नपाइने औषधीको प्रयोग गर्दै आइरहेका बिरामीाहरुलाई समस्या भएपछि ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले बाहिरबाट मगाएर भए पनि औषधी उपलब्ध गराएका छन् ।

गत बैशाख २० गते देखि केन्द्रले शुरु गरिएको सो सेवा असार ९ गते मंगलवार देखि बन्द गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

झण्डै २ महिनासम्म चलेको सो अभियानबाट ५ हजार ५ सय भन्दा बढी बिरामीहरु लाभान्वीत भएको खेतानको भनाई रहेको छ । पर्सा जिल्ला मात्रै नभएर हेटौडा, नारायणघाटसम्मका बिरामीहरुलाई समेत औषधी उपलब्ध गराइएको थियो ।

पछिल्लो समयमा कोरोना भाइसबाट संक्रमित हुनेको संख्या घट्नुका साथै निषेधाज्ञा पनि खुकुलो पारिएको हुँदा आवश्यक्ता अनुसार पुनः सञ्चालन गर्नेगरी हाललाई सो सेवा स्थगित गरिएको खेतानले बताए ।

उक्त कार्यमा सहयोग गर्ने ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका रामबाबु सुवेदी, लालुमाया महतो, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय महावाणीज्य दुतावास वीरगञ्ज लगायतलाई केन्द्रको तर्फबाट खेतानले आभार व्यक्त गरे । केन्द्रले पहिलो चरणको महामारीको समयमा पनि ६ हजारभन्दा धेरैलाई औषधी उपलब्ध गराएको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close