निर्माण सम्पन्न नहुँदै मुख्यमन्त्रीले उद्घाटन गरेको अस्पताल अझै सञ्चालनमाआएन

जनकपुरधाम,१७ असार । मुख्यमन्त्री लालबाबु राउतले निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको कोभिड अस्पताल अझै सञ्चालनमा आएको छैन ।जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको निर्मित भवनमा मर्मत सम्भार गरी उद्घाटन गरेको अस्पताल अझै सञ्चालनमा आउन सकेका छैन ।

निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिएको एक महिना बितिसक्दासमेत कोभिड विशेष अस्पताल सञ्चालन अन्यौलमै छ ।गत असार ३ गते मुख्यमन्त्री राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा १०० शैय्याको अस्पताल उद्घाटन गरेका थिए ।

दोस्रो लहरमा भेरिएन्टसहितको कारोना आएपछि पुनः सरकारले वैशाख १७ गतेको मन्त्रिपरिषद्बाट निर्माण गर्ने निर्णय गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तरगत २० आइसीयुसहित एक सय शैय्याको अस्पताल मर्मत सम्भारको काम वैशाख २९ गते डिजाईनर्स नेपाल भत्तपुरका निर्माण कम्पनीलाई दिए । दुर्ई करोड ७० लाख करसहितको रकममा कम्पनीले २१ दिन भित्र सम्पन्न गरेर दिने सम्झौता गरेका थियो । तर, काम सुरु भएको दुई महिनापछि हस्तान्रण गेरपनि २५ प्रतिशत काम बाँकी नै छ ।

यस विषयमा प्रदेश सरककारका प्रतिनिधिहरुले कुनै प्रतिक्रिया दिन मानेनन् । निर्माण कम्पनीको प्रोजेक्ट म्यानेजर सशांक सिग्देलले थोरै सानो सानो काम बाँकी रहेको बताए ।

उनका अनुसार ९५ प्रतिशत भन्दा बढी काम सम्मपन्न भइसकेको छ । कम्पनीले मर्मत सम्भार, झ्याल, ढोका, प्लास्टर, पेन्टीङ, फोहर व्यवस्थापन गर्ने र अस्पतालका लागि चाहिने बेड सेटसहित हस्तान्तरण गरेको छ । अस्पतालमा ३० वटा कोठामध्ये चार वटा कोठा अझै मर्मत सम्भार भएको छैन् । लकडाउनका कारण समान र जनशक्ति अभावमा निर्माणमा ढिलाई भएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close