भोलिदेखि उपत्यकामा साझाका २६ बस चल्ने

काठमाडौँ । साझा यातायातले बिहीबारबाट काठमाडौं उपत्यकामा सेवा सुरु गर्ने भएको छ ।

साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयका अनुसार सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै भोलीदेखि साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिनेछन् । साझाले सरकारले तोकेअनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिनेछ ।

भोलिदेखि साझा चल्दै आएका सूर्यविनायक,बालाजु, नयाँ बसपार्क, थानकोट, बुढानिलकण्ठ, लामाटार, गोदाबरी, लगनखेललगायतका रुटहरुमा बस चल्नेछन् ।
janatapati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close