रोटर्याक्ट कलव ऑफ राजधानी द्वारा आत्मरक्षा तालिम सम्पन्न

काठमाडौं – “जनताको, जनताद्वारा, जनताकै लागि लागु हुने व्यवस्थालाई प्रजातन्त्र भानिन्छ” | नेपालले
आफ्नो ईतिहासमा चार पटक प्रजातन्त्रको लडाईं गरि सफलता हासिल गरिसकेको आज ७० बर्ष भैसकेको छ। प्रजातन्त्र जसले दमन र निरंकुशताविरुद्ध कैँची चलाएर आम नागरिकलाई स्वतन्त्रता प्रदान गरेको दिन। यद्यपि , आज देशले प्रजातन्त्रको ७० औं खुशीयाली मनाईराख्दा पनि हामी नेपाली नागरिक अझै डर र त्रासमा बाचिरह्नु परेको अवस्था छ| नागरिकले बेलाबखतमा हत्या, हिंसा बलात्कार र राजनीतिक आस्थिरताको सामना गरिरहनु परेको छ | समयको चक्र फेरिदै गएता पनि मानसिकता तथ्स्ट भै दिदा निर्मला पन्त र भगिरथी जस्ता नारीको स्वतन्त्रतामा परिवर्तन ल्याउन सकिएन |

यस्ता यी सबै घटनाक्रमहरुलाई नियाल्दै वा मुलुकमा बढी रहेको लैंगिक हिंसा र अपराधका घटनाहरुको मध्यनजर गर्दै, नागरिक स्तरमा सकारात्मक चेतनाको विकास गरि आत्मबल प्रदान गर्ने हेतुस्वरूप र आफुलाई आईपर्ने आकस्मिक आक्रमणबाट संयमित भै कसरी प्रतिगमन गर्ने भनी उद्देश्य राखी रोटर्याक्ट कलव ओफ राजधानीले ७० औं प्रजातन्त्र दिवसको अवसरमा, गोकर्णेश्वर नगरपालिका (सुन्दरीजल) स्थित श्री रामजानकी प्राथमिक विद्यालय र श्री ओख्रेनी माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई, आत्मरक्षा तालिम प्रदान गरेको छ | राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन रोट्र्याक्ट कलव ओफ राजधानीको आग्रसरतामा दुईजना प्रशिक्षक ( महेश महर्जन र पारस तामाङ), तथा दुवै
विद्यालयका शिक्षक , कलबका सदस्यहरु र रोटरी कम्युनिटि क्रोपको संयोजनमा एक सय पचास भन्दा बढी विद्यार्थीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो ।

साथै तालिममा असल स्पर्श र खराब स्पर्शको बारेमा विस्तृत रुपमा व्याख्या तथा प्रतिकारका उपायका बारेमा रोटरेक्ट कलव अफ राजधानी रोटा बर्ष २०२०-२१ कि अध्यक्ष रोटरेक्टर नेहा कार्की परियारले सहभागीहरुलाई सिकाएकि थिइन | रोटरेक्ट कलव ओफ राजधानीले आत्मरक्षाको कार्यक्रम बिगत धेरै वर्षदेखि विद्यालय स्तरमा गर्दै आएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close