पहिरो खस्दा नारायणगढ–मुस्लिन सडक फेरि अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुस्लिन सडक खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।आज बिहान देखि अवरुद्ध बनेको सडकमा एकतर्फी खुलाइएकोमा पुनः भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो जाँदा अवरुद्ध बनेको छ।

आज बिहान इच्छा कामना गाउँपालिका–६ पाँच किलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो।त्यसपछि पहिरो हटाएर सडक एकतर्फी खुलेको भए पनि पुन केराबारी भन्ने स्थानमा पहिरो गएपछि अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close