महाराजगन्ज नगरपालिकामा समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम सम्पन्न

कृष्ण कुमार यादव
कपिलवस्तु , चैत
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगकरपालिका भित्र रहेको फलाहारी बाबा बहुमुखी क्याम्पस काे सभाहाल मा समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी र न्यायिक समिति काे काम , कर्तव्य र अधिकार काे बारेमा , हाम्रो समाजमा भएका परम्परागत मुल्य मान्यताहरु काे बारेमा , बाल बिबाह , रक्सी , महिला हिंसालाई कसरी कम गर्न सकिन्छ महाराजगन्ज नगरपालिका भित्र समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम छलफल भएको थियो ।

सम्वाद कार्यक्रममा प्रहरी ले अाम व्यक्तिहरु संग राम्रो सम्बन्ध बनाएर काम गर्दा सजिलो हुन्छ , न्यायिक समितिले एक अर्का निकाय संग सहकार्य गरेको काम गर्छ भने सेवा लिने अाम जनताले राम्रो खाल काे सुविधा पाउछन् । छलफल भएको थियो ।

अाम व्यक्तिहरु काे गर्ने काम काे बारेमा , घटना किन घट्छ , शिक्षा काे पहुँच बाट महिला टाढा , मान्छे भएर मान्छे संग मानव काे व्यहार गर्नु पर्छ जस्तो विषयवस्तु मा छलफल भएको थियो ।

समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रमलाई UKAid , VSO र international Alert मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्थाहरु काे अार्थिक सहयोग अनि सहज परियाेजना र सामुदायिक प्रहरी साझेदारी समिति महाराजगन्ज अनि प्रहरी साझेदारी उदयपुर प्रहरी चाैकी काे संयुक्त अायाेजना मा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा महाराजगन्ज नगरपालिका का उपप्रमुख सुभवाती कुर्मी , न्यायिक समिति सदस्य राजेन्द्र कुर्मी , वडा ११ का अध्यक्ष जगदीश प्रसाद तिवारी ,वडा ६ का अध्यक्ष हेमन्त कुमार चा‌धरी , समाजसेवी जग करण प्रसाद पासी , मेलमिलाप कर्ता सुर्यनाथ त्रिपाठी , उदयपुर प्रहरी चाैकी का इन्चार्ज यज्ञ बहादुर सुनार , इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रमुख हिम नाथ घिमिरे , सशस्त्र प्रहरी बल महाराजगन्ज का प्रमुख मिन राज भट्टा , महाराजगन्ज शिक्षा शाखा का दिप नारायण यादव , रवीन्द्र हरिजन, रिखीराम निगम , परशुराम निगम , कस्तुरी अग्रहारी लगायत अन्य पुरुष र महिलाहरु काे उपस्थिति पनि रहेको कार्यक्रम अधिकृत रिखीराम निगम ले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close