वीरगंज महा•न•पा वार्ड नं १० को वडा अधिवेशन बाट रामनगिना साह कानु को सभापतित्वमा १२ सदस्य निर्विरोध निर्वाचित।(फिचर सहित)

वीरगञ्ज १ मंसिर
पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका को वडा नं १० को वडा सभापतिमा रामनगिना साह कानु विजय भएका छन् ।

बुधबार सम्पन्न नेपाली कांग्रेस को १४औ वडा अधिवेशनमा कानु लाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।

वीरगंज महानगरपालिकाको वडा नं१०स्थित धर्मसालामा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा कानु लाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत प्रदिप कुमार जैसवालले जानकारी दिए ।

रामनगिना साह कानु नेतृत्वमा गठन भएको वडा समितिको उपसभापतिमा आसमाराम गुप्ता,राकेस कुमार साह,सचिवमा भैरव बहादुर महर्जन सह-सचिवमा राहुल कुमार गुप्ता र सुभनरायण प्रसाद पटेल रहेका छन भने सदस्य मा सुमेश्वर साह ,नितेश चौधरी ,आकश गुप्ता , सुनिल कु गुप्ता ,सुनिल कलवार रहेका छन् ।

प्रमुख अतिथी प्रदेश नं २ का माननीय मन्त्री ओम प्रकाश शर्माको उपस्तिथिमा भएको वडा अधिवेशनमा कांग्रेस पार्टीका राकेश सिंह,बैकुण्ठ श्रीवास्तव,किरण सरकार,गिरिजा प्रसाद कोइराला फाउन्डेसन पर्साका सचिव मनोहर साह ,प्रमानन्द कानु,मिकु सिंह,बिध्या श्रेष्ठ,रुपा श्रेष्ठ,मनोज कुमार साह,बद्री तिवारीले लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि माननिय उर्जा मन्त्री ओम प्रकाश शर्माले सहमतिमा वडाको चुनाव हुनु सुखद रहेको तथा नेपाली कांग्रेसले आउदो चुनावमा बहुमत को साथ १ नं पाटीको रुपमा स्थापित हुने बिश्वास व्यक्त गर्नु भएको थियो।

वडा सभापति रामनगिना साह कानु सामाजिक सेवामा तत्पर रहने तथा राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । रामनगिना साह कानु लामो समयदेखि वीरगंज महानगरपालिका वडा नं १० मा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close